प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको भेलामा पार्टीको महाधिवेशन २०७८ मंसिरमा गर्ने प्रस्ताव राखेका छन् ।
बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ । बैठकले विधान संशोधन गरेर २०७८ मंसिर २ गतेदेखि ७ गते गतेसम्मका लागि मिति तोकिएको हो । त्यस्तै पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।
यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।