जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड-नेपाल समूहलाई पिलोको संज्ञा दिँदै ओलीले भने, 'निचोरेर फाल्दैमा तौल घट्दैन'

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई पिलोको संज्ञा दिएका छन् ।

मंगलबार आफूनिटक केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

बैठकलाई सम्बोधन गर्दै उनले आफू इतर पक्षलाई पिलोसँग तुलनासमेत गरेका हुन् ।

ओलीले जीवन शर्माको गीत गुनगुनाउँदै भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन...।’

पार्टी नफुटाउने, कारबाही पनि नगर्ने

यसैबीच, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् । 

उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् । 

बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे । 

उनले  पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए । 

ओलीलेअघि  १,१९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि