जेठ ०७, २०८१, सोमबार
               

बालुवाटार बैठकमा टोपबहादुर रायमाझीको स्वागत मन्तव्य !

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तव्य दिएका छन् । 

उनी पूर्वमाओवादी केन्द्रका नेता हुन् । अहिले उनी प्रचण्डबाट टाढिएर ओलीतिर लागेका हुन् । 

पार्टी महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन गरेको  बैठकमा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

बैठकको अध्यक्षता ओलीले गरेका छन् । 

प्रचण्डलाई क-कसले छोडे ?

यसैबीच, नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीसँगै मणि थापाले पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका छन् ।

आज प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै उनीहरुले औपचारिक रुपमा प्रचण्डको साथ छाडेका हुन् ।

रायमाझी र थापा दुबै जनयुद्धदेखि प्रचण्डसँग रहेका थिए ।

प्रचण्डै समूहका लेखराज भट्टले पनि यसअघि नै प्रधानमन्त्री ओलीलाई साथ दिने घोषणा गरेका थिए । उनी यसअघि हिजोको ओलीपक्षीय संसद भेला र आजको केन्द्रीय समिति बैठकमा पनि सहभागी छन् ।

त्यस्तै ओलीतिर जाने भनेर चर्चा गरिएका पूर्व माओवादी समूहकै नेता हरिबोल गजुरेल भने ओलीपक्षीय बैठकमा सहभागी छैनन् ।

यो पनि