जेठ ०६, २०८१, आइतबार
               

जसपाले भोलि देशव्यापी विरोध प्रदर्शन गर्ने

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुस ८ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले भोलि देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । सोमबार बसेको पार्टीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको नेता केशव झाले जानकारी दिए ।

यस्तै, जसपाले सरकारविरुद्ध विरोधका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।


कस्तो लाग्यो ?

यो पनि