मंसिर ०१, २०८१, शनिबार
               

सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाएको छ ।

सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो । बेठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको तिव्र विरोध र भर्त्सर्ना गरेका छन् । साथै ओली नेतृत्वको सकारलाई दिएको समर्थन समेत उक्त पार्टीले फिर्ता लिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ ।’ 

गणतन्त्र र धर्म निरपेक्षता समाप्त गर्न प्रतिगामी शक्तिहरुले तिव्र रुपमा गतिविधिहरु बढाइरहेको दाबी गर्दै सो पार्टी त्यसका विरुद्ध व्यापक एकता र राजनीतिक स्थिरताको आवश्यकता भएको समयमा संसद विघटनको कार्य देश र जनताको हितका विरुद्ध रहेको जनाएको छ ।

सो पार्टीले यसअघि पौष १० गते सम्मका लागि तय गरिएका संघर्षका कार्यक्रम यथावत रुपमा सञ्चालन हुने जनाउँदै संसद विघटन गलत भएकाले त्यसको पुनर्स्थापनामा जोड दिएको छ ।

यो पनि