मंसिर ०७, २०८१, शुक्रबार
               

सर्वदलीय बैठक सम्मन्न, के के भयो निर्णय ?

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठक सम्पन्न भएकाे छ । नेपाली कांग्रे, जसपा र नेकपापो संयुक्त बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन् । 

नेपाली कांग्रेसको आह्वानमा सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीका नेताहरुबीचको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकले संसद् विघटन गर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्धमा साझा प्रतिकार गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारको असंवैधानिक कदमविरुद्ध विरोधका कार्यक्रम र पार्टीका थप रणनीति बनाउन मंगलबार तीनवटै दलले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

साथै संसद् विघटनविरुद्ध तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर थप परामर्श गरी सहकार्य गर्ने सहमति गरेका छन् । बैठकमा कांग्रेसका सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकममल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल थिए। यस्तै जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारीलगायत सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । त्यसको प्रतिरोधका लागि कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि