जेठ ०७, २०८१, सोमबार
               

ओलीको कदमविरुद्ध ११ वटा रिट दायर

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपतिद्वारा भएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो । 

सन्तोष भण्डारीद्वारा संवैधानिक इजालसतर्फ दायर रिटममा संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख भएको छ । यस्तै साधारण इजालसतर्फ परेका १० वटा रिटहरूमा मनोगत लहडका आधारमा संसद् विघटन नहुने, धारा ७६ मा ४ विकल्प र पूर्वसर्त रहेको र त्यसको अभ्यास नगरी विघटनको सिफारिस गर्न नमिल्ने, धारा ८५ निरपेक धारा नभएर धारा ७६ को सापेक्षातामा क्रियाशिल हुने र संसद् विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार नभएर सर्तसहित अधिकार भएका लगायतका विषयमा रिट दायर भएको हो ।

साधारण इजलासतर्फ अधिब्कता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल, लोकेन्द्रबहादुर ओली, सालिकराम सापकोटा, कमलबहादुर खत्री, मणिराम उपाध्याय,  दिनेश त्रिपाठी, अनिता गौतम र कृष्णप्रसाद शर्मा लगायतले रिट दायर गरेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि