मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रपतिको भूमिकाले कोत पर्वको सम्झना गरायो : राणा

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले कोत पर्वको सम्झना गराएको बताएका छन् ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण असंवैधानिक कामहरू भएको बताए । उनले भने, ‘राष्ट्रपतिले गैर संवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधानविपरित संसदको मर्म र भावनाविपरित, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद विघटनको प्रस्ताव गर्नुभयो।’

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुनेगरी निर्वाचनको मिति घोषणा गरिसकेकी छन्। यसको विरोधमा राप्रपाले यसअघि नै पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि