जेठ ०६, २०८१, आइतबार
               

संसदमा बहुमत जुटाउने गृहकार्य हुँदै

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौैं ।  संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । 

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै उत्पन्न परिस्थितिबारे कानुन व्यवासयीसँग परामर्श गरेका दाहाल नेपाल पक्षले संसदमा बहुमत जुटाउन गृहकार्य सुरु गरेका हुन् । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने गृहकार्य सुरु भएको हो । प्रतिनिधिसभामा बहुमत पुर्‍याउन कुल १३८ सांसद आवश्यक पर्छ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ९० सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

यसमध्ये ८७ सांसदले सर्वोच्चमा रिट दायर गर्ने तयारी भएको थियो । तर, प्रतिनिधिसभाकै बहुमत सांसद पुर्‍याउन गृहकार्य भएपछि नेकपा सांसदहरुको मात्रै रिट बुझाउने कार्य रोकिएको छ ।

त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नेकपाले परामर्श गर्दै छ । हिजै कांग्रेस र जसपाका नेताहरुसँग नेकपाका नेताहरुले छलफल गरेका थिए । आज पनि यो तीन पार्टीको बैठक बस्दैछ ।


कस्तो लाग्यो ?

यो पनि