जेठ ०६, २०८१, आइतबार
               

दाहाल- नेपाल पक्षको भेला सुरु

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा विघटन भएसँगै नेकपाका दाहाल-नेपाल पक्षको भेला सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै अब के गर्ने भनी अन्याोलमा परेका उनीहरु कानुन व्यवसायीहरुसँगको परामर्शपछि आफ्ना गुटको भेला गरेका हुन् । भेला यतिखेर काठमाडौंस्थित नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला भइरहेको छ ।

सो भेलालाई प्रचण्ड पक्षले संसदीय दलको बैठक भनेको छ । सो भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायत सहभागी छन् । 

भेलाको मुख्य एजेन्डा विघटित संसदबारे अब कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित छ । ओलीले संविधानविपरित संद भंग गरेको भन्दै प्रचण्ड नेपाल पक्ष राजनीतिक र कानुनी उपचारमा जाने निष्कर्षमा पुगेको छ । 

यो पनि