जेठ ०६, २०८१, आइतबार
               

आफूपक्षीय भेलालाई ओलीको ब्रिफिङ: पार्टी एकता पवित्र उद्देश्यले गरे पनि प्रचण्डको उद्देश्य खराब

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिए पनि प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् ।

सोमबार बालुवाटारमा आफूपक्षीय विघटित सांसदहरुको भेलामा सहभागीहरुलाई  उनले यस्तो बताएका हुन् । प्रचण्डलगायत नेताको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको भनी उनले सो भेलालाई ब्रिफिङ गरेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रा कामको प्रचार गर्नुको साटो उल्टो आफ्ना अनलाइनहरुलाई खबर प्रचार प्रसारमा सहयोग गरेको उनको भनाइ थियो ।  

‘पार्टी एकता पवित्र उद्देश्यले गरेको हो । तर, उहाँहरुको नियत खराब रहेछ । पार्टी एकतापछि कब्जा गर्ने रहेछ । पार्टी कब्जा गरेपछि सत्ता हत्याउने योजनामा लाग्नुभयो,’ओलीको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘सरकारले राम्रा काम गर्दा पनि प्रचार गर्नुको साटो विरोध मात्रै गर्नुभयो । आफ्ना अनलाइनहरुलाई समाचार लेखाउनतिर लाग्नुभयो ।’

उनले प्रचण्डले दोहोरो भूमिका खेलेको पनि आरोप लगाए । ‘आफैँ ओलीलाई छोडे भन्ने अनि आफैँ होइन मलाई नै चाहिन्छ भन्ने यो कस्तो तरिका हो ?’ उनले भने,  ‘आफू प्रधानमन्त्री हुने अनि राष्ट्रपति झलनाथलाई बनाउने यो सब योजना र षड्यन्त्र बुझेर मैले यो कदम चाल्न बाध्य भएको हुँ ।’

त्यसैगरी,  सो भेलामा उनले पार्टीकै नेताले सरकारविरुद्ध समाचार लेखाएको बताएका छन् । ‘म केपी ओली हुँ । प्रचण्ड भन्दा १० वर्ष पहिला पार्टीमा लागेको हुँ । तर, मलाई अहिले पार्टीको साधारण सदस्यबाट हटाउने रे ?,’ ओलीको प्रश्न थियो । त्यसैगरी, उनले लगभग दुईतिहाइ जनमत आफ्नै कारणले आएको भनी सो भेलालाई उनले ब्रिफिङ गरेका थिए ।

यो पनि