जेठ ०५, २०८१, शनिबार
               

रामबहादुर थापा कता ?

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनसँगै नेकपाभित्र नेकपामा कित्ताकाट सुरुवात भएको छ । संसद विघटनपश्चात् आइतबार पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपालको तर्फबाट मन्त्री बनेका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । 

तर, सामूहिक राजीनामाको क्रममा पूर्वमाओवादीको तर्फबाट मन्त्री बनेका गृहमन्त्री बनेका रामाबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने सो सामूहिक राजीनामा नदिनु र  दुवैले सामूहिक राजीनामा दिने कार्यक्रम चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा सहभागी हुनुले दुवै मन्त्री केपी शर्मा ओलीनिकटझै देखिए ।

तर, धानमन्त्री केपी शर्मा ओलीले  आफूनिकटस्थहरुको भेलामा गृहमन्त्री थापा सहभागी भएनन् । जसका कारण उनी कता भन्ने प्रश्न उब्जाएको छ । एक स्रोतका अनुसार उनले बोलाएको आफूनिकटस्थहरुको भेलामा थोरै मात्रामा सांसद सहभागी भएका थिए । 

नेताहरु केपी शर्मा ओली कि पुष्पकमल दाहाल प्रचण्ड समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन् ।  सुरुबाटै खुलेका बाहेक केही नेताहरु अझै कुन कित्तामा लाग्ने भन्नेमा अझै अन्योलमा छन् । त्यसमध्ये सबैभन्दा चासोका विषय बनेका छन् रामबहादुर थापा बादल उनी यसअघि कुनै पनि कित्तामा नखुलेका व्यक्ति हुन् ।

संसद विघटन भएसँगै आइतबर खासै कुनै कित्तामा देखिएका छैनन् । बुधबार प्रचण्ड समूहले बोलाएको स्थायी समिति बैठकमा समेत सहभागी नभएका बादललाई अहिले उनको समूहका धेरै नेताहरुले प्रतिगमनलाई सहयोग पुग्ने ओलीको कदमलाई साथ दिन छोडेर परिवर्तनकारी कित्ता प्रचण्ड नेपाल समूहमा आउन दबाब दिइरहेका छन् । 

यसैबीच बादल समूहको बैठक अहिले मन्त्री निवास पुल्चोकमा बसिरहेको छ । बैठकमा नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि