जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी र साझेदार बनिन्: युवा नेता थापा

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । काग्रेस युवा नेता गगनकुमार थापाले राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको बताएका छन् ।

मन्त्रिपरिसषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काली भंग भएको घोषणा गरेसँगै युवा नेता थापाले यस्तो बताएका हुन् ।उनले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको उनले बताएका छन् । 

उनले भने, ‘हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो, जसको अहंकारको शिकार संसद र संविधान बनेको छ ।’

प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको उनले बताए । केहीले २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधि निर्वाचन गरेको तर्क गरेको भन्दै सांसद थापाले भनेका छन्, ‘यसैगरी संसद विघटन गर्ने अवस्था नआओस्, यस्तो सन्काह बहुलठ्ठी प्रधानमन्त्रीले कुनै दिन संसद विघटन गर्ला भनेर जोगाउने धारा लेखेका छौँ ।’ संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि