जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेसको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको सो दलको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाली कांग्रेसले सो निर्णय गरेको हो । सरकारले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद् विघटन गरेकाले आन्दोलनमा जाने निर्णय गर्नुपरेको उसको ठहर छ । 

सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक निर्णयका कारण नेपाली कांग्रेस सडकमा जान लागेको हो । ‘आन्दोलनको स्वरुप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्नेछ,’ उनले भने ।

त्यसैगरी कांग्रेसको सो बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसमा पनि असन्तुष्टि जनाएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमार्फत मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि