जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएकाे छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ  । पर्सि पुस ७ गते मंगलबार काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । 

संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमा प्रहार गरेको बैठकले ठहर गरेको छ । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ । साथै अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानूनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ । भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।

 


कस्तो लाग्यो ?

यो पनि