जेठ ०२, २०८१, बुधबार
               

चारवटै सुरक्षा निकाय प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । 

संसद विघटन गरेसँगै देशका विभिन्न भागमा सोका विरुद्ध प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई मध्यनजर गर्दै सबै सुरक्षा निकाय प्रमुखसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्रीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिन चारै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका हुन् । आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌बाट प्रतिनिधिसभाको विघटनको सिफारिस र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएसँगै देशको राजनीति फरक धारमा बहन थालेको छ । यसका अलवा अब के हुन्छ भन्ने प्रश्न पनि खडा भएको छ । 

यो पनि