जेठ ०३, २०८१, बिहीबार
               

ओलीलाई पूर्वमाओवादीबाट मन्त्री बनेका बादल र भट्टको सहयोग

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वमाओवादीबाट मन्त्री बनेका रामबहादुर थापा बादल र लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ लिएका छन् । संसद विघटनसँगै पूर्वमाओवादीको तर्फबाट मन्त्री बनेकाहरुले सामूहिक राजीनामा दिए पनि उनीहरुले राजीनामा नदिई ओलीलाई नै साथ दिएका हुन् । 

प्रचण्ड र माधव नेपालको तर्फबाट मन्त्री  बनेका कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले सामूहिक राजीनामाको घोषणा गरेका छन् । 

बरु सात मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरिरहँदा मन्त्री बादल र भट्ट ओलीसँग परामर्शमा रहेका थिए । बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि