जेठ ०२, २०८१, बुधबार
               

संविधान रक्षक नै भक्षक भएको पूर्वप्रधानमन्त्रीको आरोप

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटन गरिएको घटनामा राष्ट्रपतिको भूमिकालाई लिएर संविधानको रक्षक नै भक्षक भएको बताएका छन् ।

आइतबार संसद विघटन गरी आगामी  वैशाख  १७ र २७का लागि चुनावको घोषणा गरेसँगै डा भट्टराईले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् । 

‘पहिल्यै साख गुमाइसकेको राष्ट्रपति संस्थाले यस्तै’जो रक्षक उही भक्षक’को भूमिका निर्वाह गर्नु के आश्चर्य भयो र ? वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहनेछ भनेर हामीले भन्दै आएको कुरा पुनर्पुष्टि भएको छ ।’  

प्रतिगमनका अरू शृंखला क्रमशः उद्घाटित हुन सक्ने भन्दै प्रतिरोधको जरुरी रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले संसद विघटनको घोषणा गरेर आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको नयाँ मिति घोषणा गरेकी छिन् । 

पाँच वर्ष सरकार चलाउने जनमत पाएको नेकपाभित्रको आन्तरिक द्वन्द्वकै कारण आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका हुन् । योसँगै  २०७४ मंसिर १० र २१ गते संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमार्फत लगभग दुई तिहाइ सदस्यको समयावधि पनि सकिएको छ । सो निर्वाचनबाट तत्कालीन वामगठबन्धनले १७४ सिट हात पारेको थियो । त्यसैगरी कांग्रेसले ६५ सिट मात्र प्राप्त गरेको थियो ।

यो पनि