जेठ ०३, २०८१, बिहीबार
               

मन्त्रिपरिषद‍्काे बैठकमै ओलीको कदमको विरोध भएको थियो, सामूहिक राजीनामाको तयारी !

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि केही मन्त्रीहरूद्वारा सामूहिक राजीनामाको तयारी भइरहेकाे स्रोतले जनाएका छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको हाे । माथिबाट आएकाे निर्देशन अनुसार राजीनामा दिन लागेका नेकपाका एक सचिवालय सदस्यले बताए ।

उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्ने, खानेपानी बीना मगर, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएकाे छ । 

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय सुनाएपछि प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुन, रामबहादुर थापालगायतले विरोध गरेका थिए ।    


कस्तो लाग्यो ?

यो पनि