नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।
मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन र मध्यावधि चुनावको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए पनि शीतलनिवासबाट यसबारे औपचारिक जानकारी आइसकेको छैन ।