जेठ ०३, २०८१, बिहीबार
               

ओलीलाई हाेला त अनुशासनको कारबाही?, खुमलटार बैठकमा यस्ताे निर्णय

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा जम्मा हुन थालेका छन् ।

आज एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलो गरी बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । 

विकसित राजनीतिक घटनाक्रमसँगै आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने नेताहरुले बताएका छन् ।

आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने एक नेताले बताए ।

ती नेताका अनुसार, थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक समेत बस्न सक्नेछ ।

खुमलटार बैठकको निर्णय

नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो । 

खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए । 


कस्तो लाग्यो ?

यो पनि