बैशाख २१, २०८१, शुक्रबार
               

स्थायी कमिटी बैठकपछि मात्रै राष्ट्रपतिले निर्णय गर्ने

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा (संसद) विघटन गर्न भनी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै निर्णय गर्ने भएकी छन् ।

शितल निवास स्रोतका अनुसार आजको स्थायी कमिटी बैठक निकै महत्वपूर्ण भएको हुँदा त्यसको निर्णयपछि मात्र राष्ट्रपतिले संसदसम्बन्धी कदम चाल्ने तयारी छ ।

‘स्थायी समितिले गर्ने निर्णयपछि मात्र राष्ट्रपति भण्डारीबाट संसदबारे सूचना जारी हुने राष्ट्रपति कार्यालय स्रोतले जनायो ।

राष्ट्रपतिले आजै बस्न लागेको स्थायी समितिको बैठकमा नेताहरुबाट आउने धारणा र त्यसको निर्णय पर्खिरहेको स्रोतको भनाइ छ ।

स्थायी कमिटीको बैठक अपरान्ह १ बजेका लागि बालुवाटारमा बोलाइएको छ। अहिले नेकपाका नेताहरु आपसी परामर्शमा छन् ।


कस्तो लाग्यो ?

यो पनि