जेठ ०४, २०८१, शुक्रबार
               

ओलीको कदमपछि नेकपा बैठक अन्योलमा

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक अन्यौलमा परेको छ ।

पाँच वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल भइरहेको छ । गत पुस १ गते बसेको नेकपा स्थायी समिति बैठकले पुस ५ गते अर्को बैठक बस्ने मिति निर्धारण गरेको थियो । 

यता प्रधानमन्त्री ओली समेत दौडधुपमा व्यस्त छन् । संसद विगठन प्रस्ताव गरेसँगै ओलीलाई भेट प्रचण्ड बालुवाटार पुगेका थिए । त्यसपछि ओली शीतलनिवासमा राष्ट्रपतिलाई भेट्न पुगेका थिए । त्यहाँबाट फर्किएर ओली आफ्ना निकटका नेताहरुसँग छलफलमा व्यस्त छन् ।

यता संसद विघटन सिफारिस भएपछि यस विषयमा कुराकानी गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि