जेठ ०३, २०८१, बिहीबार
               

काँग्रेसले बोलायो आकस्मिक बैठक, 'काँग्रेस चुनावसँग डराउँदैन तर...'

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक बैठक बोलाएको छ । 

संसद् विघटनको प्रस्तावपछि उत्पन्न परिस्थिति र भावि रणनीति बनाउन काँग्रेसले आकस्मिक बैठक बोलाएको हो । 

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक १ बजे देउवा बुढानिलकण्ठमा बस्ने छ ।

यसअघि काँग्रेसका विभिन्न नेताले सरकारको सिफारिस गैरसंवैधानिक भएको टिप्पणी गरिसकेका छन् । 

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको उक्त निर्णयबारे रणनीति बनाउन बैठक बोलाइएको उनको भनाइ छ ।

प्रतिवाद गर्ने 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको कदमलाई प्रतिवाद गर्ने भएको छ । 

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको  सूचना प्राप्त भएको छ ।  यो संविधान विपरीत छ  । लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।' उनले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर योग्य भएको बताए ।

यस्तै काँग्रेसका उपभापति विमलेन्द्र निधिले विमलेन्द्र निधिले संसद विघटनको सिफारिसलाई बादरको हातमा बेलको संज्ञा दिए । उनले भने, 'यो कदमले मलाई आश्चर्य लागेन । बादरको हातमा बेल दिएपछि यस्तै हुन्छ । जनताले कम्युनिष्टलाई सरकारमा पुर्‍याएपछि यस्तै हुन्छ ।' अन्तरध्वंसी सरकारबाट राम्रो कामको आशा नै गरिएको नगरिएको उनको भनाइ छ । 

यस्तै काँग्रेस सांसद गगन थापाले संविधान निर्माण गर्दा पाँच वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान स्मरण गराए । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सरकार गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने संविधानको धारा ७६ (७) मा प्रावधान छ ।

तर, प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गरेका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको उनको भनाइ छ ।

थापाले भने, 'यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ ।'

नेता डा. मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित कदम चालेको उनले बताए । ओलीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्ने काम गर्नुभएको उनको तर्क छ । बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने नेता रिजालले बताए । 

काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संसद विघटनकाे सिफारिश असंवैधानिक भएको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्बाट संसद विघटनको सिफारिश भएलगत्तै विराटनगरको कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले नेकपाको आन्तरिक किचलोले लोकतन्त्रलाई असर गरेको बताए ।

६ महिनाभित्र चुनाव हुने कुरामा कांग्रेस नडराएको कोइरालाको भनाइ छ । उनले भने, ‘काँग्रेस चुनावसँग डराउँदैन तर संसद विघटन असंवैधानिक छ ।’ आजकाे दिन लाेकतन्त्रकाे लागि कालो दिन भएको प्रतिक्रिया दिंदै कोइरालाले पार्टीको केन्द्रीय समिति बैठक बसेर बाँकी निर्णय गर्ने बताए ।

 


कस्तो लाग्यो ?

यो पनि