जेठ ०३, २०८१, बिहीबार
               

गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड
ओलीलाई नभेटी फर्किए

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको प्रतिक्रिया दिएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटाले भने ।

उनले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको जनाकारी दिए । प्रचण्ड प्रधानमन्त्री ओलीलाई नभेटी फर्किएका छन् । ओलीले भेट्न नमानेपछि प्रचण्ड खुमलटार फर्किएका हुन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि