जेठ ०३, २०८१, बिहीबार
               

संसद विघटनको सिफारिस गर्न प्रधानमन्त्री ओली पुगे शीतल निवास

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक डाकेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गराएका थिए ।

प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिले संसद विघटन गर्ने विषयमा विवाद सुरु भएको छ ।

सत्तारुढ नेकपाकै नेताहरू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपाका नेता बाबुराम भट्टराईले वर्तमान संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले स्वीकृत गर्न नहुने तर्क गरेका छन् ।

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक रहेको संविधानविदहरूको समेत टिप्पणी छ ।


कस्तो लाग्यो ?

यो पनि