जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । यद्यपी राष्ट्रपतिले भने सिफारिस अनुमोदन गरिसकेकी छैनन् ।

सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि संकटमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने प्रस्ताव मन्त्रिपरिषदमा राखेको एक मन्त्रीले बताए ।

सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका हुन् ।

वर्तमान संविधानले भने प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको संविधानविदहरूले बताउँदै आएका छन् ।

यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि