जेठ ०३, २०८१, बिहीबार
               

नेकपा स्थायी कमिटी बैठक आज : बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकअघि, अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयास जारी राखेका छन् ।

अर्का विपक्षी समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । ओलीले अध्यक्ष बन्न प्रस्ताव गरेपछि गौतम शुक्रबार पेरिसडाँडामा भएको दाहाल-नेपालको गुटगत भेलामा समेत सहभागी भएनन् ।

शनिबार खुमलटारमा भएको ओली-दाहाल भेटवार्तामा पुगेका गौतम दाहाल-नेपालको भेटवार्तालाई खास महत्व नदिई हिँडेपछि उनी ओली गुटमा पुगेको आँकलन गरिएको छ ।

तथापि, गौतमले बैठकमा प्रस्तावकै रूपमा लगेर आफूलाई जिम्मेवारी दिइए अध्यक्षको भूमिका निर्वाह गर्न सक्ने संकेत दिएको स्रोतको दाबी छ । तर, एमालेको महाधिवेशनदेखि नै पटक-पटक ओलीले धोका दिएकाले के गर्ने भनेर गौतमले अन्तिम निर्णय दिनअघि निकटस्थहरूसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ ।

गौतमलाई अध्यक्ष बनाएर जान सके आफू कार्यकारी भूमिकामा नरहे पनि उनीमार्फत आफू अनुकूलको निर्णय गराउन सक्ने ठम्याई ओलीको छ । गौतम आफ्नो साथमा रहे सचिवालयमै आफ्नो बहुमत पुग्ने ठानेका ओलीले स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहको प्रतिवाद गर्दै सचिवालय बैठकमै फर्केर आफ्नो अनुकुलको निर्णय गर्ने तयारीसमेत गरेको स्रोतको दाबी छ ।

तर दाहाल-नेपाल समूले भने पुस १ को स्थायी कमिटी बैठकअघिको समझदारी कार्यान्वयन नभएको भन्दै ओलीलाई बहुमतबाट निर्णय गर्ने तयारी गरेका छन् ।

दुई पक्षबीचको विवाद दस्तावेजकै रूपमा प्रवेश गरेपछि नेकपाभित्र संकट गहिरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि