जेठ ०३, २०८१, बिहीबार
               

खुमलटारबाट पुल्चोक आए ओली, तीन मन्त्रीसँग छलफल

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफल गरेर प्रधानमन्त्री ओली गृहमन्त्री राम बहादुर थापा निवास पुल्चोक पुगेका छन् ।

प्रधानमन्त्री ओलीसँग गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ छलफलमा बसेका छन् ।

यसअघि ओली प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । अध्यक्षद्वयको छलफलमा उपाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए । सत्तारुढ नेकपामा विवाद चर्चिकरहेका बेला सहमतिको प्रयास पनि तीव्र बनेको छ ।

हिजो बेलुका बालुवाटारमा पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले भोलि खुमलटारमै आएर छलफल गर्छु भनेका थिए । 


कस्तो लाग्यो ?

यो पनि