जेठ ०४, २०८१, शुक्रबार
               

माधव नेपाल खुमलटार पुगेलगत्तै बालुवाटार फर्किए ओली

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवासबाट खुमलटारबाट बाहिरिएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि शनिबार बिहान ११ बजे खुमलटार पुगेका ओली करिब सवा एक घण्टापछि बाहिरिएका हुन् ।

हिजो (शुक्रबार) साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान उनकै निवास गएका हुन् । 

यसैबीच, दुई अध्यक्षबीच छलफल भइरहेका समयमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार प्रवेश गरेका छन् । त्यसपछि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पनि खुमलटार प्रवेश गरेका हुन् ।

नेता नेपाल आएलगत्तै प्रधानमन्त्री ओली खुमलटारबाट बालुवाटार फर्किएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि