जेठ ०३, २०८१, बिहीबार
               

ओली-प्रचण्डबीचको छलफलमा वामदेवको इन्ट्री

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री समेत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका छन्।

प्रचण्डसँग छलफलका लागि प्रधामन्त्री ओली आज (शनिबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

यसैबीच, दुई अध्यक्षबीच छलफल भइरहेका समयमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार प्रवेश गरेका छन् ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले अहिले तीन नेता (ओली-प्रचण्ड-गौतम) बीच छलफल भइरहेको बताए ।

छलफलमा गौतमको प्रवेशले पार्टी भित्रको विवाद समाधान हुने सम्भावना बढेको छ ।

यसअघि पनि ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने विषयमा विवाद भइरहँदा गौतमको प्रस्तावले सो विावद सहमतिमा ल्याएको थियो ।


कस्तो लाग्यो ?

यो पनि