जेठ ०३, २०८१, बिहीबार
               

प्रचण्ड भेट्न खुमलटार पुगे ओली, चिया पिउँदै छलफल !

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न अहिले खुमलटार पुगेका छन् ।

हिजो (शुक्रबार) साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान उनकै निवास गएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग आज (शनिबार) भेट्न खुमलटार आउँछु भनेर हिजै भनेको नेकपाका एक नेताले जानकारी दिए । 

ओली खुमलटार जाने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चिया पिउँदै छलफल

शुक्रबार साँझ ५ बजे बालुवाटारमा भएको भेटमा ओलीले आफू खुमलटार आएर चिया पिउने बताएका थिए ।

आफू बालुवाटार आउँदा आउँदा हैरान भएको संकेत गरेपछि ओलीले खुमलटारमै चिया पिउँदै छलफल गर्ने बताएका थिए ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीभित्रबाट थप दबाबमा परेका छन् ।  उनले अध्यादेश अझै फिर्ता गरेका छैनन् । 

महासचिव पनि पुगेका थिए  खुमलटार

यसैबीच, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेट हुनु अघि महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

पौडेलले शनिबार बिहान ८ बजे खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका हुन्। पार्टीमा जारी विवाद समाधानको लागि निरन्तर सक्रिय रहेका पौडेलले सहमति गरेर अघि बढ्न प्रचण्डले पहल लिनुपर्ने बताएको खुमलटार स्रोतले जनायो ।

महासचिव पौडेलले प्रचण्डलाई दुई अध्यक्ष मिल्नुपर्ने र पार्टीमा देखिएको संकट समाधान गर्नुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण समस्या चुलिएको भन्दै प्रधानमन्त्रीले पार्टी निर्णय कार्यान्वयन गरे समस्या समाधान हुने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि