जेठ ०३, २०८१, बिहीबार
               

राष्ट्रपति भण्डारीको भूमिकाप्रति कांग्रेसको प्रश्न

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।

संवैधानिक परिषद ऐन संशोधन अध्यादेश आउनासाथ जारी गरी संविधानको भावना र मर्मविपरीत कार्य गरेको भनी शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सो संस्थाप्रति प्रश्न उठाएको हो । 

बैठकपश्चात् कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले फिर्ता लिइसकेको अध्यादेश राष्ट्रपतिले त्यति चाँडो रेस्पोन्स गरेर स्वीकृत गर्नु कमजोरी भएको बताएका छन् । 

त्यसैगरी,  बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिकै कारण सरकार निरंकुश र सर्वसत्तावादतिर उन्मुख भइरहेको आफूले अनुभूत गरेको बताएका छन् ।

यसका अलवा उनले संवैधानिक निकायमा नियुक्ति गर्दा निषपक्ष होस् भनेर संवैधानिक परिषद्मा तीनै अंगका प्रमुख र विपक्षीको सहभागिता सुनिश्चित गरिए पनि त्यो कार्यान्वयन भएन । बैठकमा देउवाले भने, ‘सरकार अध्यादेशमार्फत त्यो रोक्दैछ । यो अध्यादेशले संविधान संशोधन गर्छ । राष्ट्रपति यो पनि ख्याल गर्नु भएन ।’


कस्तो लाग्यो ?

यो पनि