जेठ ०३, २०८१, बिहीबार
               

कुनै भेलामा सहभागी नहुने बामदेवको घोषणा

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवाद बैठकबाटै समाधान गर्नुपर्ने बताएका छन् । साथै गुटगत भेलाले तिव्रता पाएका बेला उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि भेलामा सहभागी नहुने बताएका छन् ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनले अहिले भेला गर्ने समय नभएको जिकीर गर्दै आफू नजाने तर सचिवालयका पाँच सदस्यको बैठकमा भने सहभागी हुने बताएका हुन् । बैठकबाटै सबै समस्याको हल खोज्नुपर्ने गौतमको भनाइ छ ।

शुक्रबार पेरिसडाँडामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा गौतम सहभागी भएनन् ।  


कस्तो लाग्यो ?

यो पनि