जेठ ०३, २०८१, बिहीबार
               

अध्यादेशविरुद्धको मुद्दा पनि 'हेर्न नभ्याइने’

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषद‍्सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटमा शुक्रबार सुनुवाइ नहुने भएको छ । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाइ नहुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र  विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा मुद्दाको पेसी तोकिएको थियो । तर पेसी चढे पनि उक्त मुद्दामा सुनुवाइ भने नहुने भएको छ । उक्त मुद्दालाई 'हेन नभ्याइने' मा राखिएको छ ।

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा रिट दायर गरेका थिए । 

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद्, संवैधानिक परिषदका अध्यक्ष, सचिवालय र त्यसको सदस्य सबैलाई उनले प्रतिपक्ष बनाइएकाे छ । साथै रिटमा संविधानसँग बाझिएको अध्यादेश अमान्य र बदर घोषित गरी उत्प्रेषण, प्रतिषोधलगायतका उपर्युक्त आदेश जारी गर्न माग गरिएको छ ।

 

यो पनि