जेठ ०२, २०८१, बुधबार
               

अध्यादेश फिर्ता लिएर संसद बोलाउन कांग्रेस संसदीय दलको माग

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । 

उनका अनुसार संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको बैठकको निष्कर्ष छ ।

उनले भने, ‘संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी अध्यादेश असंवैधानिक र अलोकतान्त्रिक छ यसलाई तुरुन्तै फिर्ता लिनुपर्ने निर्णय बैठकले गरेको छ ।’ 

संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर काँग्रेसको गरेको छ । काँग्रेसले संसदको बैठक अबिलम्ब बोलाउन पनि माग गरिएको उनको भनाइ छ ।

भ्रष्टाचार बढेको, सरकारले कोरनो महामारी नियन्त्रणको लागि प्रभावकारी काम गर्न नसकेको काँग्रेसको दाबी छ ।

उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न-गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकार समक्ष माग समेत गरेको छ ।

हिउँदे बाली लगाउने बेला हुँदासम्म रासायनिक मलको व्यवस्था सरकारले गर्न नसकेकोमा बैठकले सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि