जेठ ०३, २०८१, बिहीबार
               

सभामुख सापकोटाविरुद्धकाे मुद्दा हेर्न नभ्याइने

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ ।

संवैधानिक इजलासमा आज सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्दाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ । 

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको थियो । २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन वटा मुद्दा रहेका छन् ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा  लामो समयदेखि विचाराधीन छ । 

तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व-सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा 'हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकिर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए । यो सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो । लगत्तै पूर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि