बैशाख ०८, २०८१, शनिबार
               

हिन्दु राष्ट्रको माग गर्दै सडकमा उत्रियो राप्रपा (फोटो फिचर)

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्रको माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले र्‍याली आयोजना गरेको राप्रपा नेता श्याम तिमल्सिनाले बताए । 

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण तथा बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको समेत नेता तिमल्सिनाले आरोप लगाएका छन् । उनले 'जनता आउँ, राजा ल्याउँ'लाई आफ्नो पार्टीले प्रमुख मुद्दा बनाएको बताए ।

शुक्रबार ललितपुरको पाटन क्षेत्रमा आयोजित र्‍यालीमा हजारौंको सहभागिता रहेको राप्रपाले जनाएको छ । 

प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका छन् ।

यसैबीच, राप्रपाको केन्दीय सचिवालय कार्य व्यवस्था समिति बैठकले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ ।

बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । 

सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपा अध्यक्ष कमल थापाले बताए ।

आन्दोलनका कार्यक्रम 

पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने ।  

पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्‍याली गर्ने ।

पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने । 

राप्रपाका अनुसार पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने छ । दोस्रो चरणको कार्यक्रमको स्वरुप भने राप्रपाले सार्वजनिक गरेको छैन । 

यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते गर्ने निर्णय पनि राप्रपाले गरेको छ । 

यो पनि