जेठ ०२, २०८१, बुधबार
               

पेरिसडाँडमा अध्यक्ष दाहाल-नेपाल पक्षको भेला हुँदै

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा उनीहरुले प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष र सचिवलाई बोलाएका हुन् । सो भेलालाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

नेकपा लामो समयदेखि विवादग्रस्त छ । जसका कारण नेकपाभित्र एकातिर माधव अध्यक्ष दाहाललगायत बहुमत सचिवालय समस्य र अर्कातिर अध्यक्ष केपी शर्मा ओली छन् ।

केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरेकोलगायत आरोप उनीहरुको छ । पछिल्लो समय सरकारले संवैधानिक पिरषदसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरुको विवाद थप उचाइमा पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अध्यादेश जारी गरी सोही दिन संशोधित अध्यादेशअनुसार बैठक बसाएका थिए । तर, चौतर्फी आलोचना भएपछि बुधबारको स्थायी कमिटीमा फिर्ता लिने बताए पनि सो अध्यादेश फिर्ता नलिई बिहीबार पुन: संशोधित अध्यादेशअनुसार नै बैठक बोलाएका थिए । यद्यपि उनले बिहीबार सो बैठक भने बसाएनन् ।


कस्तो लाग्यो ?

यो पनि