जेठ ०२, २०८१, बुधबार
               

फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढ्यो: देव गुरुङ

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले पूर्वमाओवादीका नेता जुनसुकै अवस्थामा जेल जानुपर्ने अवस्था आउन  सक्ने बताएका छन् । 

बिहीबार अझै शान्ति प्रक्रिया टुंगो नलागेकाले पूर्वमओवादीका लागि सो अवस्था कायमै रहेको उनको भनाइ छ। ‘पूर्वमाओवादी पार्टीका करिब सात हजार नेता कार्यकर्तामाथि अझै पनि सशस्त्र द्वन्द्वकालका करिब चारसय मुद्दा अझै बाँकी छन्,’ उनले भने,  ‘द्वन्द्वकालका मुद्धा हल हुन दिइएको छैन, अझै सात हजार नेता–कार्यकर्ताको नाममा झण्डै चारसय मुद्धा जस्ताको तस्तै छन्’–बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा गुरुङले भने, ‘विभिन्न हथ्कण्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन ।’

यसका अलवा उनले नेपालमा विदेशी हस्तक्षेप र प्रभुत्व बढेको र फुटाऊ र शासन गर् नीतिअनुसार नेपाल अस्थिर रहेको उनको भनाइ छ । विदेशी हस्तक्षेप रोक्न नसके मुलुक अफगानिस्तान, सिरिया र सिक्किम हुन सक्ने उनले बताए । 

सोही क्रममा उनले पार्टीमा मतभेद हुनेवित्तिकै फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढेको बताउँदै प्रमुख सचेतकबाट आफ्नो राजीनामा माग्नुलाई यदुवंशी प्रवृत्तिको संज्ञा दिएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि