जेठ ०३, २०८१, बिहीबार
               

राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिन्छु : प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसँगको भेटपश्चात् मात्रै फिर्ता लिने बताएका छन् । 

बुधबार भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएका  थिए । तर, उनले बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकेपछि प्रधानमन्त्री भेट्न गएका अध्यक्ष दाहालसँग सो कुरा बताएका हुन् ।

मंगलबार अध्यादेश जारी भएपछि त्यसैदिन संवैधनिक परिषद्को बैठक बसेको थियो । यद्यपि सो बैठकले कुनै निर्णय भने गरेको थिएन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारै साझ ६ बजे संवैधानिक बैठक डाकेपछि दाहाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । सो अध्यादेश मंगलबार जारी भएको र जारी भएको लगभग २४ घन्टा नबित्दै स्थायी कमिटीको बैठकमार्फत फिर्ता लिने सर्वसम्मत निर्णय भएको थियो । 

प्रचण्डले भेटेर आपत्ति जनाएपछि प्रधानमन्त्रीले आजै ५ बजे बोलाइएको संवैधानिक परिषदको बैठक भने स्थगन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि