जेठ ०२, २०८१, बुधबार
               

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने

नेपाल फ्ल्यास
पुस ०२, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले आज एक सूचना प्रकाशित गरी कार्यसमितिको बैठक शुक्रबार (पुष ३ गते) बिहान १०ः३० बजे बस्ने जनाएको छ ।

संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने बैठकका एजेण्डाबारे भने सूचनामा उल्लेख गरिएको छैन ।

यसअघि कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल गर्न संसदीय दलको बैठक बोलाउने जनाएको थियो । 

तर प्रधानमन्त्री केपी शर्मा ओलीले सो अध्यादेश फिर्ता गर्न बुधबार नै सहमति जनाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि