जेठ ०२, २०८१, बुधबार
               

नेकपामा फेरि तरंग, बालुवाटार पुगे प्रचण्ड

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आज (बिहीबार) संवैधानिक परिषदको बैठक बोलाएका प्रधानमन्त्री ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आज ६ बजे संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

नेकपामा फेरि तरंग

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपामा तरंग उत्पन्न भएको छ । नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सो अध्यादेश फिर्ता हुनुअघि नै बैठक बोलाइएपछि तरंग उत्पन्न भएको हो । 

अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ । त्यसका लागि आज साँझको लागि मन्त्रिपरिषद् बैठक बोलाइए पनि त्यसअघि नै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा तरंग पैदा भएको हो । 

प्रधानमन्त्री ओली सहमति विपरित अगाडि बढ्न खोजेका हुन् कि भन्ने नेताहरुको आशंका छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार भने यसअघिकै बैठकको निरन्तरता स्वरुप अनौपचारिक छलफलका लागि बैठक बोलाइएको हो ।


कस्तो लाग्यो ?

यो पनि