जेठ ०२, २०८१, बुधबार
               

ओली-प्रचण्डबीच आज पनि भेटवार्ता

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (बिहीबार) छलफल हुने भएको छ ।

हिजो (बुधबार) को स्थायी कमिटी बैठकमा सहमति गर्दै दुबै पक्ष एक कदम पछि हटेसँगै थप संवाद सुरु भएको हो ।

नेकपामा आन्तरिक विवाद चलिरहेको समयमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि परिस्थिति थप जटिल बनेको थियो ।

त्यसको काउन्टरमा प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसद अधिवेशन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय (शीतल निवास) पुगेपछि दुई अध्यक्षबीच सहमतिको वातावरण बनेको हो ।

आज अध्यक्षद्वयबीच हुने छलफलपछि परिषद्को बैठक र संवैधानिक नियुक्तिका विषयमा निर्णयमा पुग्ने बालुवाटार स्रोतले बताएको छ ।

हिजोको बैठकमा नियुक्तिहरु पार्टीमा छलफल र सहमतिपछि मात्रै गर्न ओली सहमत भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि