बैशाख १७, २०८१, सोमबार
               

अध्यादेश फिर्ता हुनुको भित्री रहस्य

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बुधबारको स्थायी समितिको बैठकमा संवैधानिक आयोगमा सहमतिका आधारमा नियुक्ति गर्ने, यसैका आधारमा अध्यादेश फिर्ता लिने र संसद आह्वानको  निवेदन फिर्ता लिने निर्णय सर्वसम्मत भएको बताएका छन् । 

बुधबार ट्विट गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी विवादास्पद अध्यादेश फिर्ता लिइसकेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँग भएको वार्तापश्चात सो अध्यादेश फिर्ता लिन सहमत भएका थिए । अध्यादेशविरुद्ध ८३ जनाले सांसदले हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै राष्ट्पतिसमक्ष समावेदन गरेपछि उनी अफ्ठ्यारोमा परेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । अध्यादेश जारी भएसँगै मंगलबारै  संवैधानिक परिषदको बैठक बसेको थियो । यद्यपि निर्णय भने केही गरेको थिएन ।  

जसको चौतर्फी विरोध भएको थियो । यद्यपि सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत केहीले सो अध्यादेशको बचाउ गरेका थिए । संविधान कार्यान्वयन र साहसिक कार्य गर्नका लागि सो अध्यादेश ल्याइएको मन्त्री पोखरेलको भनाइ थियो ।  


कस्तो लाग्यो ?

यो पनि