बैशाख १७, २०८१, सोमबार
               

तत्काल संसद् अधिवेशन बोलाउन कांग्रेसको माग

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरी सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उजागर गरेको बताए-‘संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेको छ । संसद् अधिवेशन छलेर संविधानको मर्म विपरित अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ ।’

कांग्रेसले अध्यादेशपछि परिषद‍्ले कुनै निर्णय गरेको भए त्यसलाई अस्वीकार गर्ने निर्णय समेत गरेको छ । संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई मान्य नहुने चेतावनी दिँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको हाे । 

बैठकले अध्यादेश जारी भएपछि उत्पन्न भएको परिस्थितिका बारेमा छलफल गर्न शुक्रबार संसदीय कार्य दलको बैठक समेत बोलाएको छ ।


कस्तो लाग्यो ?

यो पनि