बैशाख १७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी बैठक सम्पन्न
संवैधानिक निकायमा सिफारिस भएको छैन : प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएकाे छ । सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने निर्णय गर्दै बैठक सकेकाे हाे । 

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद‍्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी बैठकमा गराएका थिए ।  साथै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा कुनै नाम सिफारिस नभएको जानकारी गराएका थिए । 

मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक पदमा रिक्त स्थानमा कुनै पनि नाम सिफारिस नभएको जानकारी स्थायी कमिटी बैठकलाई प्रधानमन्त्रीले दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए- ‘हाम्रा केही सांसदहरुले संवैधानिक व्यवस्थाअनुसार संसद अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष समावेदनको प्रक्रिया अघि बढाउन जानु भएको थियो । अब सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने र संसद बैठक माग गर्न भन्दै दिइएको निवेदन पनि फिर्ता लिने सर्वसहमतिले निर्णय भएको छ ।’

नेकपाको अर्को बैठक पुस ५ गते बस्ने र यस अघि पुस ५ गतेलाई तोकिएको केन्द्रीय कमिटीको बैठक १० गतेलाई सार्ने निर्णय समेत आजको बैठकले गरेको छ । बैठकअघि दुवै अध्यक्ष केपी शर्मा ओली र पुस्पकमल दाहाल 'प्रचण्ड'बीच चार बुँदे सहमति भएपछि प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित भएको बुझिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि