बैशाख १७, २०८१, सोमबार
               

२६ भदौको निर्णय कार्यान्वयन गर्न ओली–दाहाल सहमत

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच २६ भदौको निर्णयलाई कार्यान्वयन गरेर जाने विषयमा सहमति भएको छ। 

दुई अध्यक्षबीच बुधबार दिउँसो बालुवाटारमा भएको छलफलमा २६ भदौपछि भएका सम्पूर्ण गतिविधि र दुवै अध्यक्षका राजनीतिक प्रस्ताव र पत्रहरू फिर्ता लिने सहमति भएको स्राेतले जनाकारी दिएकाे छ । 

समझदारीअनुसार गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै ल्याएको प्रस्ताव फिर्ता लिने समझदारी भएको छ भने ओलीले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि फिर्ता गर्ने भएको छ ।

२६ भदौपछि प्रधानमन्त्री ओलीले खाली रहेका मन्त्रालयमा नयाँ गरेको मन्त्री र राजदूतको नियुक्तिपछि ओलीमाथि स्थायी कमिटीले गरेको निर्णय उल्लंघन गरेको आरोप लागेको थियो ।

दुवै अध्यक्षका तर्फबाट सहमतिका लागि प्रयास भए पनि सहमति नभएपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक जारी रहेका बेला ३० मंसिरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन-२०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो । 

साथै संसदको अधिवेशन बोलाउन प्रचण्ड–माधव नेपाल समूहले गलाएको हस्ताक्षर अभियान पनि स्थगन गर्ने सहमति बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि