बैशाख १७, २०८१, सोमबार
               

सांसदहरु शीतल निवास पुगेपछि ओली-प्रचण्डबीच फेरि भेटवार्ता
एजेन्डामा पनि कुरा मिलेन

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता भएको छ ।

संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको जानकारी पाएपछि ओलीले प्रचण्डलाई फोन गरेका थिए ।

ओलीले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पुर्‍याइएको हस्ताक्षर तत्काल फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका छन् ।

जवाफमा प्रचण्डले ओलीलाई पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।

फोन सम्वादपछि दुई अध्यक्षबीच बालुटारमा पुनः भेटवार्ता भएको बताइएको छ । भेटवार्तामा महासचिव विषणु पौडेल पनि सहभागी रहेको एक नेताले जानकारी दिए ।

यसअघि आजै स्थायी कमिटी बैठकअघि ओली प्रचण्डबीच वाट टु वान भोटवार्ता भएको थियो ।

एजेन्डामा पनि  विवाद

यसैबीच स्थायी कमिटी बैठकको एजेन्डाबारे पनि दुई अध्यक्षबीच  विवाद भएको छ ।

प्रधानमन्त्री ओलीले बैठकमा दुई अध्यक्षले यसअघि पार्टी सचिवालयमा पेस गरेका प्रतिवदेनमाथि छलफल हुने भए आफू त्यस बैठकमा सहभागी नहुने बताएपछि बैठक हुन सकेको छैन ।

लामो समय बैठक हुने नहुने अन्यौलमा स्थायी कमिटी सदस्यहरु भने बालुवाटारमै पर्खिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि