बैशाख १७, २०८१, सोमबार
               

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताको बैठक

नेपाल फ्ल्यास
पुस ०१, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ ।

बैठकमा सरकारले हिजो ल्याएको संवैधानिक परिषद् अध्यादेश र पार्टीले २९ मंसिरमा देशभर गरेको विराेध प्रदर्शनको समीक्षा हुने बताइएको छ ।

बैठकमा सरकारले ल्याएको नयाँ अध्यादेशको विषयमा छलफल हुने र कांग्रेसको यस विषयमा प्रष्ट धारणा आउने बताइएको छ ।

अध्यादेश जारी गरेपछि कांग्रेसका शीर्ष तहका नेताहरुले विरोध जनाएका छन् । यता नेकपाभित्रै प्रचण्ड–माधव नेपाल पक्षले आपत्ति जनाइरहेका बेला कांग्रेस सभापति देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

मंगलबार बिहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने विरोध जनाउँदै सहभागी भएनन् ।

बैठकमा पदाधिकारीका साथै र पूर्वपदाधिकारी पनि सहभागी छन् ।


कस्तो लाग्यो ?

यो पनि